एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, कांग्रेस नेता मुख्यमन्त्री बन्ने

मुख्यमन्त्री रावलका पक्षमा भन्दा विपक्षमा धेरै सांसद देखिएको भन्दै सभामुखले विश्वासको मत सम्बन्धि प्रस्ताव नै अस्वीकृत  भएको घोषणा गरे ।

नेपालभ्युज

एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, कांग्रेस नेता मुख्यमन्त्री बन्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार एक महिनामै ढलेको छ । एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावल विश्वासको मत पाउन असफल भएपछि ३० दिनमै सरकार ढलेको हो ।

आज भएको प्रदेशसभा बैठकमा सभामुखले गरेको विश्वासको मत सम्बन्धि प्रस्ताव नै ध्वनी मतका आधारमा अश्विकार भएको हो । मुख्यमन्त्री रावलका पक्षमा भन्दा विपक्षमा धेरै सांसद देखिएको भन्दै सभामुखले विश्वासको मत सम्बन्धि प्रस्ताव नै अस्वीकृत  भएको घोषणा गरे ।

विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको नेपालमै पहिलो घटना हो ।  प्रस्ताव नै अस्विकृत भएपछी मुख्यमन्त्री रावल पदमुक्त भएका छन् । मुख्यमन्त्रीलाई माओवादी र एमालेका १०-१० तथा राप्रपाका एक सांसदले मात्रै समर्थन गरेका थिए ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवस्यक थियो । तर मत विभाजनको प्रक्रियामा जाने प्रस्ताव नै अश्विकृत भएपछि सरकार ढलेको हो ।

कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसद विपक्षमा उभिएका थिए । सरकार बनाउन सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद आजको बैठकमा उपस्थित नै भएनन् । बैठक चलिरहँदा उक्त पार्टीका सातजना सांसद काठमाडौंमा थिए ।

संविधानको धारा १६८ (२) बमोजिम बनेको सरकार ढलेकाले अब उपधारा तीन अनुसार सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले सरकार बनाउनेछ । कांग्रेस संसदीय दलका नेता  कमलबहादुर शाह मुख्यमन्त्री बन्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved