मन्त्री पोखरेलको ४४ बुँदे प्रतिवद्धता सार्वजनिक (पूर्णपाठसहित)

नेपालभ्युज

मन्त्री पोखरेलको ४४ बुँदे प्रतिवद्धता सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले आफ्नो कार्यकालका लागि ४४ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, रोजगारी अवसर सुनिश्चितता गर्ने, कृषि उद्योगहरुको स्थापनालाई प्रोत्साहन गर्ने र प्रदेशलाई समष्टिगत रुपमा खाद्य र पोषण सुरक्षाको प्रत्याभूती गराउने र हाल भइरहेको उत्पादन र खपतलाई आगामी ५ वर्ष भित्र दोब्बर वनाउने  उनको लक्ष्य रहेको छ ।

प्रदेश भित्रका कृषकहरुलाई सहज र सर्वसुलभ रसायनिक मल लगायत प्राङ्गारिक तथा जैविक मल उपलब्ध गराउन तत्काल कार्ययोजना तयार पार्ने, रासायनिक मलको कोटा बढाउन पहल गर्ने, मन्त्रालय र काठमाडौं विश्वविद्यालय बीच भएको समझदारी बमोजिम प्रदेशमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी अध्ययन कार्य सम्पन्न गर्ने र प्राप्त प्रतिवेदनको निष्कर्षलाई सम्भावनाको आधारमा कार्यान्वयन गर्दै लगिने र  प्रदेशलाई दूध, अण्डा, माछा–मासु, आलु, प्याज, लसुन र अदुवा लगायतका कृषि वस्तुहरुमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई थप विस्तार गर्ने लगायतका विषयवस्तुहरु प्रतिबद्धतामा समेटिएका छन् ।

हेर्नुस् पूर्णपाठ 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved