रविले दिएको अभिव्यक्तिको जिम्मा लिन्नँ : अरनिको पाँडे

नेपालभ्युज

रविले दिएको अभिव्यक्तिको जिम्मा लिन्नँ : अरनिको पाँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेले  सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिको जिम्मेवारी नलिने  बताएका छन् ।

पाँडेले  बुधबार ट्विटमार्फत छलफलबाट भएको सरकारबाट बाहिरिने निर्णयको स्वामित्व लिए पनि  पत्रकार सम्मेलनमा आफ्नो हिस्सा नभएको बताएका हुन् ।

‘म राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु । हामीले व्यापक छलफल गरेका थियौं,’  उनले लेखेका छन, ‘म पत्रकार सम्मेलनको तयारीमा सहभागी थिइनँ। जे भनियो, जुन शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको म जिम्मा लिन्नँ।’

आइतबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपाका तीन मन्त्रीले राजीनामा दिएका थिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved