सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पद धरापमा

विश्वासको मत नपाउने भएपछि बैठक स्थगित

नेपालभ्युज

काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको आजको लागि बोलाइएको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजे बैठक बोलाइएको थियो ।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिए । यसले मुख्यमन्त्री रावलको पद धरापमा पर्ने देखिएको छ । गएको पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले बिहीबारसम्म विश्वासको मत लिनै पर्दछ ।

सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मत दिनेबारे ठोस निर्णय नदिँदा बैठक स्थगित भएको हो।

नागरिक उन्मुक्तिका सातजना प्रदेश सभा सदस्यहरू पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गर्न काठमाडौं आएका छन् । उनीहरूले निर्णय नगर्दासम्म सरकार धरापमै देखिन्छ ।

सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मत नदिने संकेत गरिसकेकी छन्। सुदूरपश्चिम सरकार ढलेमा नेपाली कांग्रेसले अल्पमतको सरकार गठन गर्न सक्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved