रविको राहदानी मुद्दामा अनुसन्धान गर्न निवेदन दर्ता

नेपालभ्युज

रविको राहदानी मुद्दामा अनुसन्धान गर्न निवेदन दर्ता

काठमाडौं । रवि लामिछानेमाथि राहदानी मुद्दामा अनुसन्धान गर्न माग युवराज पौडेल (सफल) ले जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन् । यसबारे दिएको जाहेरी प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेपछि पौडेल सरकारी वकिलको कार्यालयमा पुगेका हुन् ।

नागरिकता विवादको फैसलाको पूर्णपाठ नआएको भन्दै परिसरले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

निवेदनमा झुटा विवरण पेश गरेर राहदानी लिएको विषयमा रवि लामिछानेमाथि अनुसन्धान गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा दर्ता गरिएको निवेदनमा पौडेलले प्रहरीलाई उक्त जाहेरी दर्ता गर्न निर्देशन दिन माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved