जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु

चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगलागी हुँदा छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए।

नेपालभ्युज

जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

काठमाडौं। जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक १४ वर्षीय बालिकाको मृत्यु भएको छ।

चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगलागी हुँदा छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए।

आइतबार राति करिब साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ।

घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ। ढुंगा र काठले बनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ। घटनामा लोकबहादुर भण्डारी पनि सामान्य घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved