साफ यू–२० महिला फुटबल : नेपालको पहिलो जित, अमिषाको ह्याट्रिक

नेपालभ्युज

साफ यू–२० महिला फुटबल : नेपालको पहिलो जित, अमिषाको ह्याट्रिक

काठमाडौं। साफ यू–२० महिला फुटबल प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । ढाकामा आइतबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो।

नेपालको लागि अमिशा कार्की र प्रीती राईले गोल गरे। अमिशाले खेलको १९औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। पहिलो हाफको इन्ज्युरी समयमा अमिषाले नेपालको लागि दोस्रो गोल गरिन्।

खेलको ६१औँ मिनेटमा प्रीतिले नेपालको लागि तेस्रो गोल गरिन्। ६२औँ मिनेटमा नेपालको लागि चौथो गोल गर्दै अमिषाले ह्याट्रिक पूरा गरिन्।

मङ्गलबार नेपाल र भारत आमने-सामने हुनेछन्। प्रतियोगितामा भारत, बङ्गलादेश, भुटान र नेपालले सहभागिता जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved