काठमाडौं। गोल्डेन एथलेटिक्स मिटमा पुरुषतर्फको लङजम्पमा सलिम देवानले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एपीएफका सलिमले ७.०९ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन्।
सलिमले उनको नाममा भएको ७.०६ मिटरको कीर्तिमान तोडेका हुन्। उनले नवौं राष्ट्रिय खेलकुदमा कृष्ण बहादुर गिरीको नाममा भएको ७ मिटरको कीर्तिमान तोडेका थिए।
६.६७ मिटरको जम्प गरेका सुदीप थारूले रजत पदक जिते। ६.४३ जम्प गरेका मिथुन चौधरीले भने कास्य पदक जिते।
महिलातर्फ भने निशा चौधरीले स्वर्ण पदक जित्न सफल भइन्। लुम्बिनी प्रदेशकी निशाले ५.५२ मिटर जम्प गर्न सफल भइन्।
८.८४ मिटर जम्प गरेकी पुलिसकी सिमा चौधरीले रजत जितिन्। ४.६० मिटर जम्प गरेकी रन्जिता राईले भने कास्य पदक प्राप्त गरिन्।
Facebook Comment
Comment