काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज पत्रकार सम्मेलन गरेर पार्टी निर्णयबारे जानकारी गराउने भएका छन् ।
सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसिरहेको छ । उक्त बैठकले निर्णय गरेपछि पार्टी कार्यालयबाटै पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।
स्रोतका अनुसार रास्वपाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ । सरकारलाई समर्थन भने कायमै राखेर मन्त्री फिर्ता लिने निर्णय गर्ने सम्भावना छ ।
’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।’ लामिछानेले समाजिक संजालबाट यस्तो भनेका छन् ।
नागरिकता सम्बन्धि मुद्दामा पद गुमाएका लामिछाने फेरि गृहमन्त्री बन्न खोजेका थिए । पुन: नागरिकता लिएपछि उनले गृहमन्त्री बन्ने कसरत गरे पनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएका छैनन् ।
Facebook Comment
Comment