क्यानको कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई

नेपालभ्युज

क्यानको कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई दिएको छ।

पोखरामा मंगलबारबाट सुरु भएको क्यानको बोर्ड बैठकको पहिलो दिन कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएपश्चात् पाठकलाई जिम्मेवारी दिइएको हो ।

बुधबार बोर्ड बैठकले मल्लको राजीनामा स्वीकृत गर्दै पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको हो ।

गत वर्ष तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved