काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) नेपाल टी–२० लिगको रणनीतिक र व्यापारिक साझेदारी सेभेन थ्री स्पोर्ट्सविरुद्ध कानुनी प्रक्रिया सुरु गर्ने योजनामा रहेको छ ।
मंगलबार सेभेन थ्रीले क्यान र राखेपलाई पत्राचार गर्दै सम्झौता रद्द गरेको जनाएसँगै क्यानले कानुनी प्रक्रिया अपनाउने तयारी गरेको हो ।
लिगको बाँकी रकम उपलब्ध नगराउन सेभेन थ्रीले नाटक गरेको क्यानले जनाएको छ। लिगमा खेलाडीको पारिश्रमिक, पुरस्कार रकम र लाइसेन्स फीको लिनुपर्ने सबै रकम असुल गर्न क्यान अडिग देखिन्छ ।
क्यान र सेभेन थ्रीबीचको सम्झौताबारे भने बोर्ड बैठकले फागुन १४–१५ मा हुने एजीएमबाट नै निर्णय लिने निर्णय गरेको छ।
क्यान र सेभेन थ्रीबीच नेपाल टी–२० लिगको ८ संस्करणको लागि ३३ करोडको सम्झौता भएको छ। सेभेन थ्रीले क्यानलाई सम्झौताअनुरूप पहिलो किस्ताको तीन करोड ९० लाख रुपैयाँमध्ये केवल २ करोड २० लाख दिएको छ । लिगका फ्रेन्चाइज टोलीले पनि खेलाडीको पूरै रकम बुझाउन बाँकी छ।
Facebook Comment
Comment