ओलीलाई भेटेर रविले भने-गठबन्धनभित्र सहमति कार्यान्वयनमा समस्या आयो

नेपालभ्युज

ओलीलाई भेटेर रविले भने-गठबन्धनभित्र सहमति कार्यान्वयनमा समस्या आयो
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा भएको उक्त भेटवार्तामा उनीहरुबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ ।

सो भेटमा लामिछानेले ओलीसँग सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको उनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved