बञ्चरो प्रहार गरी आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ

नेपालभ्युज

कैलाली। कैलालीको लम्किचुहा नगरपालिका, ६ स्थित बागमारा मुक्त कमैया शिविरमा गएराति आफ्नो सहोदर छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।

सोमबार राती बाघमाराका ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई घरमै बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि लालरत्न अस्पताल बाट रिफर गरी नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ।

चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved