काठमाडौं । सरकारी सूचना गोप्य राख्ने प्रस्ताव फिर्ता लिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । त्रुटी सच्याएर अघि बढ्नु नै उपयुक्त हुने थापाको भनाई छ।
८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयको गगन थापाले ट्विटरमार्फत प्रशंसा गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सूचना वर्गीकरणसम्बन्धी समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी मूख्यसचिवले बनाएको प्रस्ताव कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।
गगन थापाले लेखेका छन्, ‘नागरिकको सूचनाको हक नियन्त्रण गर्ने मनसायका साथ ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रमज्यूको कुरा सकारात्मक छ । निर्णय गर्ने क्रममा भएका यस्ता त्रुटिलाई स्वीकारी सरकारले कार्यान्वयनपूर्व नै सच्याएर फिर्ता लिनु नै उपयुक्त कदम हो ।’