अजरबैजानी दूतावासका कर्मचारी र परिवारका सदस्य इरानबाट बाहिर निकालिए

नेपाल भ्युज

अजरबैजानी दूतावासका कर्मचारी र परिवारका सदस्य  इरानबाट बाहिर निकालिए

एजेन्सी । अजरबैजानी दूतावासका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई शुक्रबार दूतावासमा भएको घातक आतङ्कवादी हमलापछि इरानबाट बाहिर निकालिएको छ।

जर्मनीका लागि अजरबैजानका राजदूत नासिमी अघायेभले ट्वीट गर्दै तिनीहरू भर्खरै बाकु आइपुगेको बताएका छन् । उनका अनुसार इरानमा रहेको अजरबैजानको दूतावासमा एक व्यक्तिले गोली चलाउँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएको तुरान समाचार एजेन्सीले उल्लेख गरेको छ।

समाचार एजेन्सीका अनुसार आक्रमणकारीले मेसिन गन बोकेका थिए र दूतावासको सुरक्षामा खटिएका कर्मचारीमाथि गोली प्रहार गरेका थिए । घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । अजरबैजानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतक ओर्खान अस्केरोभ दूतावासको सुरक्षा सेवाका प्रमुख रहेको जनाएको छ।

उक्त आक्रमणपछि इरानी अधिकारीहरूले अपराधीलाई पक्राउ गरिएको बताएका छन् तर उनको नाम भने सार्वजनिक गरिएको छैन । इर्ना समाचार एजेन्सीका अनुसार प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको छ।
तेहरानका प्रहरी प्रमुख हुसेन रहिमीले आक्रमणकारी आफ्ना दुई छोराछोरीसहित दूतावासभित्र प्रवेश गरेको बताएका छन् । प्रारम्भिक रिपोर्टहरूले आक्रमणको उद्देश्य ‘व्यक्तिगत र परिवार’ भएको हुन सक्ने देखाएको छ । एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved