माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

बैठकमा मूलत: रिक्त मन्त्रालयबारे छलफल हुनेछ । त्यसमा पनि गृह मन्त्रालयका बारेमा छलफल हुने एक पदाधिकारीले बताए । नागरिकता विवाद सम्बन्धमा परेको मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएसँगै गृह मन्त्रालय नेतृत्वविहीन छ ।

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृह आफूहरूकै भागमा परेको भन्दै नछाड्ने अडान राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved