नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यूटीएललाई ५ अर्ब ३० करोड बढी बक्यौता तिर्न ताकेता

नेपालभ्युज

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यूटीएललाई ५ अर्ब ३० करोड बढी बक्यौता तिर्न ताकेता

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई ५ अर्ब ३० करोड भन्दा बढी बक्यौता रकम तिर्न ताकेता गरेको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर ५ अर्ब ३० करोड ९४ लाख ९४ हजार १५३ रुपैयाँ बाँकी बक्यौता रकम माघ मसान्तसम्म बुझाइसक्न भनेको हो ।

प्राधिकरणका अनुसार २०७३ भदौ २० गते युटिएलका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र जारी गरिएको थियो ।

त्यसपश्चात् युटीएलबाट नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष लगायतको बक्यौता रकम दाखिला गर्न बाँकी छ ।

माघ मसान्तभित्र बक्यौता रकम नतिरेमा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved