जुम्ला  र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलियो, स्थानीय रातभर घरबाहिर

नचिनेका व्यक्तिको समूहले जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि  स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् ।

नेपालभ्युज

जुम्ला  र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलियो, स्थानीय रातभर घरबाहिर

जुम्ला । नचिनेका व्यक्तिको समूहले जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि  स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् ।

प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दु:ख पाएका बताए । भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न पनि उनको आग्रह छ ।

‘अनावश्यक हल्ला चलाएर दु:ख दिनेलाई कारबाही हुन्छ, हल्ला फैलाउनेको खोजी भइरहेको छ,’ केसरीले भने  । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले पनि हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved