एजेन्सी । अनुहारको रोम छिद्रमा देखिने स–सनो कालो दाग धेरैका लागि चिन्ताको बिषय बन्ने गर्छ । हुनपनि यसले अनुहारलाई कुरुप बनाउँछ ।
यसबाट छुटकारा पाउनका लागि कतिले महंगो कस्मेटिक्स पनि प्रयोग गर्छन् । तर, अनुहारको रोमछिद्रमा जमेको फोहोरलाई निकाल्न घरेलु विधि प्रभावकारी हुन्छ, जो हामीले यहाँ बताउनेछौं ।
१. दालचिनी र मह
मह एक यस्तो प्राकृतिक एन्टिसेप्टिक हो, जसले छालाको छिद्रमा रहेको फोहोरलाई बाहिर निकाल्न सहयोग गर्छ । १ ठूलो चम्चा मह र १÷२ सानो चम्ता दालचिनी मिलाउने ।
आफ्नो औंलाले बिस्तारै यसलाई अनुहारमा लगाउने । ३ मिनेटसम्म गोलाकार गतिमा मसाज गर्ने र मनतातो पानीले धुने ।
२. अन्डाको सेतो भागको माक्स
अन्डाको सेतो भागले छालाको छिद्रलाई कसिलो बनाएर त्यसको फोहोर बाहिर निकाल्छ । अन्डाको सेतो भागलाई निकालेर बिस्तारै अनुहारमा लगाउनुपर्छ । यसलाई दुई मिनेटसम्म सुख्खा हुन दिने । त्यसपछि बाँकी रहेको सेतो भाग फेरी अनुहारमा लगाउने ।
यो फेस माक्सलाई १०–१५ मिनेटभन्दा बढी समय सुक्न दिनुपर्छ । जब अनुहार कडा महसुस हुन्छ, हल्का तातो पानीले अनुहार धुनुपर्छ । यसले तपाईको अनुहार चम्किलो र मुलायम पनि बन्छ ।
३. मुलतानी माटोको फेस प्याक
मुलतानी माटो कस्मेटिक्स पसलमा सजिलै उपलब्ध हुन्छ । यसमा तेलयुक्त छिद्र सुकाउने र अनावश्यक अवशेषलाई निकाल्ने बिशेष गुण हुन्छ ।
ठूलो मुलतानी माटोमा स्याउको रस मिसाएर एक मिश्रण तयार गर्ने । यसलाई आफ्नो अनुहारमा लगाउनुपर्छ । १५ मिनेटसम्म त्यसलाई सुख्खा हुन दिने । अनि मनतातो पानीले अनुहार धुने ।
४. मेथीको पेस्ट
मेथीको पातलाई पानीमा पिसेर एक घोल तयार गर्ने । मेथीमा पाइने अन्य गुणका साथसाथै यसमा ब्ल्याकहेड्स निकाल्ने गुण पनि हुन्छ । यस घोललाई अनुहारमा लगाएर १० मिनेट राख्ने अनि मनतातो पानीले सफा गर्ने ।