काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का सात जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्द र क्यानका कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरेका छन् ।
क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्का रहेका छन् ।
राजीनामा माग्ने केन्द्रीय सदस्यहरूमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।
काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै उनीहरूले ५ जना पदाधिकारीको राजीनामा मागेका हुन् ।
यसअघि, अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकारिसकेका छन् ।