पार्टी प्रवेशपछि एलिजा भन्छिन्- ‘अबको क्रान्ति आर्थिक क्रान्ति’

नेपालभ्युज

पार्टी प्रवेशपछि एलिजा भन्छिन्- ‘अबको क्रान्ति आर्थिक क्रान्ति’

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेसँगै अभिनेत्री एलिजा गौतम धमलाले आफ्नो राजनीतिक यात्राको थालनी भएको बताएकी छन् । धमलाले आफू देश र जनताको सेवाको लागि राजनीतिमा आएको बताउँदै पार्टीको मूल उद्देश्य पूरा गर्नका लागि अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गरेकी हुन् ।

उनले भनेकी छन्, ‘ समाज रूपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु । दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ ।’

धमलाले नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरेर दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने आफूले परिकल्पना गरेको जिकिर गरेकी छन् । ‘हामी सामूहिक भावनाले अघि बढ्छौँ,’ उनले भनेकी छन् । चर्चित सञ्चारकर्मी ऋषि धमलाकी पत्नीसमेत रहेको उनले शनिबार एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved