कर्णालीमा मन्त्रीहरूको टुङ्गो लाग्यो, आजै शपथ हुँदै

कर्णालीमा मन्त्रीहरूको टुङ्गो लाग्यो, आजै शपथ हुँदै

सुर्खेत। कर्णाली प्रदेशमा मन्त्री नियुक्तिबारे टुङ्गो लागेको छ । सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार मन्त्री हुने व्यक्तिको टुंगो लागेको हो ।

नेकपा एमालेबाट विनोदकुमार शाहलाई आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाईलाई सामाजिक विकासमन्त्री र शेरबहादुर बुढालाई उद्योग पर्यटन वन तथा वातावरणमन्त्री र माओवादी केन्द्रबाट मंगलबहादुर शाहीलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोतमन्त्री, कृष्ण जिसीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री बनाउने तयारी रहेको एक सांसदले जानकारी दिए ।

त्यस्तै, उर्मिला विश्वकर्मालाई भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी भएको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

नाम टुंगो लागेसँगै मन्त्री नियुक्तिका लागि मुख्यमन्त्री राजकुमार शर्माद्वारा प्रदेश प्रमुखलाई सिफारिस गर्ने र यसपछि आजै साँझ ६ बजे मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ खुवाउने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved