वर्षा र हिमपात लुम्बिनी प्रदेशसम्म आइपुग्यो, काठमाडौंमा बादल मात्रै लाग्ने

सुदूरपश्चिमबाट सुरु भएको वर्षा र हिमपात कर्णाली हुँदै लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पुगेको छ । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले दिए

नेपालभ्युज

वर्षा र हिमपात लुम्बिनी प्रदेशसम्म आइपुग्यो, काठमाडौंमा बादल मात्रै लाग्ने

काठमाडौं ।  सुदूरपश्चिमबाट सुरु भएको वर्षा र हिमपात कर्णाली हुँदै लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पुगेको छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सोमबार रातिदेखि सुदूरपश्चिममा वर्षा र हिमपात भइरहेको छ । गएरातिदेखि लुम्बिनी प्रदेशका पश्चिमी  जिल्लामा पनि वर्षा हुन थालेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले दिए।

यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ । यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भए पनि बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा वर्षाको  सम्भावना तत्काललाई छैन । काठमाडौंमा यो प्रणालीले वर्षा गराउने सम्भावना कम छ ।

शुक्रबार बेलुकादेखि फेरि अर्को निम्न चापीय प्रणाली भित्रने सम्भावना रहेको र यो पनि पश्चिमी क्षेत्रमा नै बढी सक्रिय हुने देखिएको मौसमविद् समिर श्रेष्ठले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved