ठूला दलका नेता संसदमा राजाजस्तै गरी आउँछन् : सिके राउत

नेपालभ्युज

ठूला दलका नेता संसदमा राजाजस्तै गरी आउँछन् : सिके राउत

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरू संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले ठूला दलका नेता संसदमा राजा जस्तै गरेर आउने कुराले संसदको गरिमा नबच्ने बताए।

अध्यक्ष राउतले सांसदलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए। राउतले भने, ‘संसदमा सांसदहरूलाई बोल्नका लागि समय दिने विषयमा पुनर्विचार गर्नुपर्दछ भन्ने हामीलाई लाग्दछ। त्यसै संसद सञ्चालन नियमावलीमा मन्त्रीहरूको उपस्थिति हुनुपर्ने देखिन्छ। तर सानासाना पार्टीलाई मात्रै नियम लाग्ने हो कि सबैलाई लाग्ने हो ? ठूला पार्टीका नेता राजा जस्तै आउने, जाने गरेर संसदको गरिमा रहन्छ जस्तो हामीलाई लागेको छैन।’

उनले संविधानको भावना अनुसार संसदको नियमावलीमा संशोधन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

अध्यक्ष राउतले संसदमा अलोकतान्त्रिक गतिविधि हुन नदिन सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना सफल हुने विश्वास समेत व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved