ग्लोबल नेपाली फिल्म अवार्डको छैटौँ संस्करणको घोषणा

नेपालभ्युज

ग्लोबल नेपाली फिल्म अवार्डको छैटौँ संस्करणको घोषणा

काठमाडौं। फिल्मकर्मीलाई सम्मान गर्दै ग्लोबल नेपाली फिल्म अवार्डको छैटौँ संस्करण घोषणा भएको छ ।  ग्लोबल नेपाली फिल्म अवार्डको छैटौँ संस्करण अमेरिकाको न्युयोर्कमा आयोजना हुन लागेको हो । राजधानीमा एक कार्यक्रमका बीच ‘नेपाल फिल्म सोसाईटी’ले १२ अगष्ट २०२३ मा अवार्ड न्युयोर्कमा हुने जानकारी दियो ।

कार्यक्रममा केही अगाडि अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा सम्पन्न अवार्डको पाँचौँ संस्करण समापन गर्दै नयाँ संस्करण घोषणा गरिएको हो । सोही अवसरमा अवार्डमा पुग्न नभ्याएकालाई समेत अवार्ड वितरण गरियो ।

फिल्मकर्मीहरूलाई सम्मान र पुरस्कार मार्फत प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ विगत ५ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्डका अध्यक्ष नवराज श्रेष्ठले बताए ।

‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नाराका साथ आयोजित अवार्डका सहयोगी, पत्रकार तथा स्पोन्सरहरूलाई समेत सम्मान तथा मायाको चिनो वितरण गरियो । प्रदेश सभा सदस्य मदुकुमार श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकारहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रेमराजा महत, रवीन्द्र खड्का, नबल खड्का, मोहन निरौला, शर्मिला मल्ल, वसुन्धरा भुसाल, चैत्य देवी, शर्मिला मल्ल, विष्णु गोपाल श्रेष्ठ, नारायण प्रधान, अर्जुनजंग शाही, दिनेश डिसी, नारायण पुरी, यज्ञलाल श्रेष्ठ, छविराज जोशी लगायतको कार्यत्रममा उपस्थिति थियो ।

नेपाली फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रवर्द्धन उद्देश्यले ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिँदै आएको आयोजक नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।

थुपै कलाकर्मी सहभागी कार्यक्रममा शम्भुजित बास्कोटा, हरिबहादुर थापा, दीपकराज गिरीलगायतलाई सम्मान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved