म्याच फिक्सिङ प्रकरण- प्रमाणित भए संलग्नलाई पाँच वर्षसम्म कैद

स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरूको अपराध पुष्टि भए पाँच वर्षसम्म जेल सजाय हुनेछ। राज्यविरुद्ध कसुर अभियोगमा अनुसन्धान तयारी भएको सो मुद्दामा कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।

नेपालभ्युज

म्याच फिक्सिङ प्रकरण- प्रमाणित भए संलग्नलाई पाँच वर्षसम्म कैद

काठमाडौं। नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरूको अपराध पुष्टि भए पाँच वर्षसम्म जेल सजाय हुनेछ। राज्यविरुद्ध कसुर अभियोगमा अनुसन्धान तयारी भएको सो मुद्दामा कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।

मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलोमतो गरे राष्ट्रहितविरुद्धको कसुर भएको मानिने उल्लेख छ।

दफा ५१ को (३) मा भनिएको छ, ‘‘(३) नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरूको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ ।
(४) उपदफा (२) वा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई
देहायको सजाय हुनेछ:–
(क) उपदफा (२) बमोजिमको कसूर भए पाँच वर्षसम्म
कैद र पचास हजार रुपैयाँसम्म जरिवाना।’’

फिक्सिङ आरोपमा यसरी पक्राउ परे आदिल र आलम, अरु पनि समातिन सक्छन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्पट फिक्सिङमा चार नेपाली र ६ विदेशी संलग्न भएको निष्कर्ष निकाल्दै महबुब आलम र आदील अन्सारीसहित ३ जना पक्राउ गरेको छ।

राष्ट्रिय खेलकुद विकास ऐनमा त्यस्तै यस्तो कसूर गर्न आदेश वा निर्देशन दिने समेतलाई कारबाही हुने उल्लेख छ। नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी खेलिने कुनै पनि खेलमा मिलेमतो गराउन नहुने उल्लेख छ । मिलेमतो गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। साथै लेनदेन भएको रकम पनि जफत गरिने ऐनमा उल्लेख छ।

त्यस्तै यस्तो कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ। यस्तो कसूर गर्ने सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा उनलाई थप ३ वर्ष कैद हुनेछ। त्यस्तो कसूर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ। यस्तो कसूर गर्ने सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा उनलाई थप ३ वर्ष कैद हुनेछ ।

यसअघि २०७२ मा पनि यही आरोपमा राष्ट्रिय फुटबल टोलीका ६ जना खेलाडी र पदाधिकारी पक्राउ परेका थिए। तर कुन ऐनअन्तर्गत कारबाही अघि बढाउने भन्ने अन्योल देखिएको थियो । पछि खेलाडीलाई राष्ट्रिय विप्लवको कसुर लगाइएको थियो। तर आरोप पुष्टि नदेखिएको भन्दै अदालतले सफाइ दिएको थियो। सफाइ पाउनेमा नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई सँगै प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved