नेवानिका कर्मचारीलाई मन्त्री किरातीको चेतावनी : काम गर्न नसके राजीनामा दिनू

नेपालभ्युज

नेवानिका कर्मचारीलाई मन्त्री किरातीको चेतावनी : काम गर्न नसके राजीनामा दिनू

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका जहाजहरूको रिपोर्ट हरेक दिन आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।

निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना मात्रै गरेनन् काम गर्न नसके राजीनामा दिएर जान भने ।

किरातीले निगमको बिजनेस प्लान पनि माग्दै हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउन भन्दै उनले भने, ‘जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’

वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ संकेत गर्दै उनले भने,‘पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरू अहिले किन घृणा गर्छन् सबैको नजर भएको निगमलाई राम्रो बनाउनुपर्छ, मबाट कसैलाई भेदभाव हुँदैन, मलाई काम चाइयो, निगमले परिणाम देओस् ।’

निगमसँग उनले अनलाइन टिकट किन कार्यान्वयन नगरेको भन्ने प्रश्न पनि गरे । ‘यहाँ टिकट नपाइने तर, दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ ?’ उनले भने ,‘मैले ठूलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि !’

उनले विगममा करार र ज्यालादारी कर्मचारी कति छन् ? भन्ने प्रश्न गर्दै ‘हातखुट्टा लामखुट्टेको जस्तो भए पनि काम भने नगर्ने संस्कृति रहेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved