भेरी अस्पतालमा अब दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस

नेपालभ्युज

भेरी अस्पतालमा अब दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस

काठमाडौं। बाँकेको भेरी अस्पतालमा दैनिक १८ जना मृगौला रोगीको नि:शुल्क डायलाइसिस हुने भएको छ । अस्पतालले यसभन्दा अगाडि तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिँदै आएको थियो ।

अब ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गरेका छन् ।

त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ  सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उद्देश्यसहित डायलाइसिस सेवालाई विस्तार गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईंले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved