‘पठान’ हेरिदिन नेपाली दर्शकलाई शाहरुखको आग्रह

नेपालभ्युज

‘पठान’ हेरिदिन नेपाली दर्शकलाई शाहरुखको आग्रह

काठमाडौं। शाहरुख खान स्टारर ‘पठान’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ ।

आगामी बुधबारदेखि रिलिज तयारीमा रहेको फिल्मले विकडेजमा समेत नेपालमा १ करोड हारहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ।

शुक्रबार रातिदेखि मल्टिप्लेक्सले एड्भान्स टिकट बिक्री खुला गरेका छन् । शनिबार बिहानसम्म ४० देखि ५० प्रतिशत अकुपेन्सीसहितको टिकट बिक्री भइसकेको छ ।

टिकट विक्रीको ट्रेन्ड, हाइप र अन्य नयाँ फिल्म रिलिज नहुँदाका पक्षलाई हेर्दा बुधबार नै फिल्मले १ करोड हारहारीमा कमाइ गर्ने देखिन्छ ।

विकडेजमै फिल्मले करोड कमाउन सक्नु ब्यवसायको हिसाबले आकर्षक कमाइ हो । बिहीबार पनि फिल्मले ९० लाखदेखि १ करोडसम्म कमाउन सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

शुक्रबार र शनिबारको कमाइ एकदेखि डेढकरोडको बीचमा हुनसक्ने प्रक्षेपण गरिएको छ ।  चार वर्षपछि शाहरुख खानको फिल्म रिलिज हुन लागेकाले पनि दर्शकमाझ यसलाई लिएर ब्यापक पर्खाइ छ ।

यसैबीच, अभिनेता खानले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै हलमा गएर ‘पठान’ हेरिदिन नेपाली दर्शकलाई आग्रह गरेका छन् ।

उनले नेपाली फ्यान र दर्शकप्रति आफ्नो माया रहेको समेत सन्देश दिएका छन् । पठानको नेपाल वितरकले मिडियालाई उपलब्ध गराएको भिडियो सन्देशमा शाहरुखले यस्तो सन्देश व्यक्त गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved