बिहान पुदिना चिया पिउनु एकदमै फाइदाजनक

नेपालभ्युज

बिहान पुदिना चिया पिउनु एकदमै फाइदाजनक

एजेन्सी । हाम्रो गाउँघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गरिन्छ । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । बिहानको समयमा दुधको चिया पिउनुको साटो पुदिनाको चिया पिउनुहोस् एकदमै धेरै फाइदा प्राप्त गर्नुहुनेछ ।

जानौं फाइदाहरु कस्ता छन् :

स्वासप्रस्वास र खोकी समस्याको समाधान

पुदिनाको बासनाले नाक, घाँटी, स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्दत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ ।

स्तनपानमा देखिने समस्याको समाधान

बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरुको स्तनको निप्पल चर्कने फुट्ने वा थुनेलो हुने समस्या देखा पर्छ । यसको समाधानको लागि पनि पुदिनाको प्रयोग फाइदाजनक हुन्छ ।

अध्ययनले के देखाएको छ भने पुदिनाको तेलको नियमित प्रयोगले निप्पलमा देखिने समस्या समाधान हुन्छ ।

छाला तथा पिम्पल्स

पुदिनाको रस छाला सफा गर्नका लागि लाभकारी हुन्छ । यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी डन्डीफोर हटाउन मद्दत गर्छ ।

त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ ।

मुख स्वस्थ बनाउँछ

प्राय सबैलाई थाहा भएको कुरा हो पुदिनाको एक फाइदा मुखको स्वास्थ्य पनि हो । पुदिनामा भएको किटाणुनासक विशेषताले मुखभित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउँछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्दत गर्छ ।

स्मरणशक्ति बढाउँछ

एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति,दिमागको सतर्कता, सोँच्ने शक्ति, बौद्धिक कार्यसँग सम्बन्धित छ । पुदिना नियमित सेवन गर्ने मानिस अन्य मानिसको तुलनामा धेरै होसियार र स्मरण शक्ति बढी भएको पाइएको छ ।

पाचनप्रक्रिया बलियो बनाउँछ

पुदिना भोक जगाउने चिज हो । साथै यसले पाचन प्रक्रियामा पनि ठूलो भूमिका खेल्छ । यदी तपाईलाई पेटको समस्या छ भने नियमित पुदिना चिया पिउन सक्नुहुन्छ ।

वान्ता र टाउको दुखाईको समाधान

पुदिनाको प्रयोगले वान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बासनाले वान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ ।

लामो यात्रामा निस्कदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका वस्तु सुघ्नाले पनि ठिक हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved