काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको संख्या घटाउँदै मन्त्रीहरुको जिम्मेबारी बाँडफाँट गरेका छन् ।
मुख्यमन्त्री कार्कीले १३ वटा मन्त्रालयबाट चारवटा खारेज गरेर ९ मा झारेका छन् ।
नेकपा एमालेका तिलकुमार मेन्याङ्बोलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बुद्वीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, माओवादीका दुर्गा चापागाईले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन् ।
राप्रपाका भक्तिप्रसाद सिटौला उद्योग, कृषि तथा सहकारी मन्त्रि जिम्मेवारी पाउँदा जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छन्
आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की आफैँले राखेका छन् ।
भुमि सुधार चाहीं कसको जिम्मा पर्यो?
सुकुम्बासी समस्या कसले हेर्ने हो?