कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, १४ सांसद विपक्षमा

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, १४ सांसद विपक्षमा

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्।

उनले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको  मत पाएका हुन्। उनको पक्षमा २५ र विपक्षमा १४ जना सांसदले मतदान गरे।

४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए।

मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved