सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्नेछु : सभामुख घिमिरे

नेपालभ्युज

सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्नेछु : सभामुख घिमिरे

काठमाडौं। नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले सभाको प्रतिनिधित्व ठीक ढंगबाट गर्ने बताएका छन् ।  बिहीबार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताउँदै सभामुख घिमिरेले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि
बढ्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधि सभाको प्रतिनिधित्व ठीक ढंगले गर्नेछु । विगतका सभामुखहरूको कामबाट शिक्षा
लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु ।’

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।
कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved