नेप्सेमा ५ अंकको सुधार, ३ अर्बको कारोबार

नेपालभ्युज

नेप्सेमा ५ अंकको सुधार, ३ अर्बको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो ।

तर, आज अघिल्लो दिनको तुलनामा सेयर कारोबारमा भने घट्न पुगेको छ । अघिल्लो दिन ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार हुँदै गर्दा आज जम्मा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बैंकिङ समूहको उपसूचक ०.६६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.०३ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.७८ प्रतिशतले, मुचुअल फन्ड १.४७ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स ०.२१ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ ।

यता डेभलमेन्ट बैंक समूहको उपसूचक ०.१४ प्रतिशतले घट्दा आज फाइनान्स समूहको उपसूचक ०.४६ प्रतिशतले, होटल तथा पर्यटन १.०९ प्रतिशतले, लाइफ इन्स्योरेन्स ०.३० प्रतिशतले, म्यानु एण्ड प्रो ०.४९ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.७४ प्रतिशतले र अन्य समूहको उपसूचक ०.८८ प्रतिशतले घटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved