देवराज घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार हुन् : गृहमन्त्री लामिछाने

नेपालभ्युज

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद देवराज घिमिरे सभामुख पदका लागि योग्य भएको बताएका छन् । बिहीबार सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको समर्थन गर्दै लामिछानलेले घिमिरेको राजनीतिक इतिहास गौरवमय रहेको दाबी गरे ।

लामिछानेले भने, ‘देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक-फरक दृष्टिकोण होला, तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नुहुन्छ भन्ने आशा राख्दछु ।’

उनले मतदानमार्फत आफ्नो हातमा यो देशको भविष्य सुम्पिएको बताउँदै कुनै दलको स्वार्थमा नभई नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved