सभामुखको निर्वाचन आज, एमालेका घिमिरे र कांग्रेसकी न्यौपाने प्रतिष्पर्धामा

विहान ११ बजेपछि बस्ने बैठकमा मतदान हुनेछ ।  सभामुखको लागि सत्ता गठबन्धनले एमालेका देवराज घिमिरेलाई र नेपाली कांग्रेससहितका दलले कांग्रेसकी इश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएका छन् । 

नेपालभ्युज

सभामुखको निर्वाचन आज, एमालेका घिमिरे र कांग्रेसकी न्यौपाने प्रतिष्पर्धामा

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुखको लागि आज विहिबार संसदमा मतदान हुँदैछ । विहान ११ बजेपछि बस्ने बैठकमा मतदान हुनेछ ।  सभामुखको लागि सत्ता गठबन्धनले एमालेका देवराज घिमिरेलाई र नेपाली कांग्रेससहितका दलले कांग्रेसकी इश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।

झापाबाट निर्वाचित घिमिरेलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सरकारमा सहभागि दलहरुको समर्थन रहेको छ ।  घिमिरेको बहुमत आउने पक्का जस्तै छ ।

यस्तै नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसद बनेकी ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको छ । एकिकृत समाजवादी, जसपा र लोसपाका सांसदले पनि न्यौपानेलाई सघाउने सम्भावना छ । एकिकृत समाजवादी त समर्थक नै बसेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बुधबार पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।

कसको पल्लाभारी ?

निर्वाचनमा प्रतिस्पर्धा हुँदा घिमिरे नै बलियो देखिन्छन् । सभामुखको निर्वाचनमा सांसद नै मतदाता हुन्छन् । मतदाताको सङ्ख्या हेर्दा घिमिरे नै निर्वाचित हुने बलियो सम्भावना देखिन्छ ।

घिमिरेको पक्षमा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जनमत पार्टीका ६ र नागरिक उन्मुक्तिका ३ सांसद छन् । राप्रपाका १५ सांसद भए पनि जेष्ठ सदस्यका हैसियतमा पशुपतिशमशेर जबराले सदन चलाउने भएकाले मत दिन पाउने छैनन् ।

यसरी हेर्दा घिमिरेको पक्षमा १५३ सांसद देखिन्छन् । दलका अलावा स्वतन्त्ररूपमा निर्वाचित केही सांसद पनि सत्ता गठबन्धनको पक्षमा देखिन्छन् । प्रभु साह, अमशेरकुमार सिंहलगायतका स्वतन्त्र सांसद संसद्‌मा सत्ता पक्षमा बस्ने गरेका छन् ।

सभामुख पदमा निर्वाचित हुनका लागि सामान्य बहुमत १३८ सांसद आवश्यक पर्दछ ।

यता न्यौपानेको पक्षमा ११४ सांसद देखिन्छ । कांग्रेसले नयाँ गठबन्धन बनाएको छ । उसलाई नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), र लोकतान्त्रिक समाजवादी (लोसपा) ले पनि समर्थन गरेका छन् ।

यसरी हेर्दा कांग्रेसका ८८, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ गरी न्यौपानेको पक्षमा ११४ सांसद जुट्ने देखिन्छ । कांग्रेसले प्रतिनिधि सभामा सबैभन्दा धेरै ८९ सिट जितेको थियो । तर, कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved