प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

नेपालभ्युज

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

काठमाडौं। मधेस प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट महिला प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इटहरीको जनता क्रिकेट पार्कमा बुधबार भएको खेलमा मधेसले लुम्बिनीलाई १६ रनले पराजित गरेको हो।

दोस्रो जितसँगै २ अंक जोडेको मधेश समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनी भने तेस्रो स्थानमा झर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

१०८ नको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभरमा ५ विकेटको क्षतिमा ९१ रन बनायो। लुम्बिनीको लागि रन्जु श्रेष्ठ र मधु डिसीले अविजित २१–२१ रन जोडे। मधेसको लागि भूमि सिंहले २ र कविता गौतमले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभरमा ५ विकेटको क्षतिमा १०७ रन बनायो। मधेशको लागि साना प्रभिनले अविजित ४६ र रोजी कडारीले १५ रन जोडे। लुम्बिनीको लागि मनिषा राना, सरस्वती पुन र बिवास्ना बिसीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved