काठमाडौं। नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन् ।
मंगलबार पदभार ग्रहण गर्दै मन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय भएको बताए ।
जसका लागि तीन सदस्यीय कार्य दल बनाउने उनले बताए । सबै मन्त्रालयहरुको आ–आफ्नो ठाउँमा महत्व हुने भन्दै उनले नेपाल जस्तो देशको लागि ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनु आफ्नो लागि एउटा महत्त्वपूर्ण अवसर भएको बताए ।
उनले भने, ‘भन्नेहरूले सरकारमा गयो कि बिग्रिहाल्छ जानै हुँदैन है राजेन्द्र लिङदेनजस्ता मानिसहरू भन्थे । नेपालको सन्दर्भमा सरकारमा जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण जस्तो ठानिन्छ । किनकि, त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । नबिग्रेका मानिसहरू त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकले बिहानसम्म पनि सुझाव दिइरहनुभएको थियो । यो चुनौतीपूर्ण छ । तर, म यसलाई अवसरमा परिणत गर्छु, मलाई विश्वास छ।’
Facebook Comment
Comment