संसद सचिवालयद्वारा सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपालभ्युज

संसद सचिवालयद्वारा सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं। संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्बन्धी  कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ ४ गते बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता, सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन  गरेको छ ।

यसैगरी, माघ ५ गते ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारको सूचनामाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved