पीएसजीविरुद्धको मैत्रीपूर्ण खेलमा ‘साउदी अलस्टार’ को कप्तानी क्रिस्टियानो रोनाल्डोले गर्ने

नेपालभ्युज

पीएसजीविरुद्धको मैत्रीपूर्ण खेलमा ‘साउदी अलस्टार’ को कप्तानी क्रिस्टियानो रोनाल्डोले गर्ने

काठमाडौं। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने भएका छन्।

अलनासर र अलहिलालको खेलाडीले बनेको साउदी अलस्टार ११ को कप्तानको जिम्मेवारी रोनाल्डोले पाएका हुन्।

सोमबार राति रोनाल्डोलाई कप्तानको ब्यान्ड लगाइएको भिडियो सार्वजनिक भएको थियो। बिहीबार पीएसजीसँग अलस्टारले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

अलनासरसँग जोडिएपश्चात् यो रोनाल्डोको पहिलो खेल हुनेछ । यससँगै फुटबलका दुई महान् खेलाडी रोनाल्डो र लिओनल मेस्सी आमने-सामने हुनेछन्। सन् २०२० मा नाउ क्याम्पको दौरान रोनाल्डो र मेस्सी आमने-सामने भएका थिए।

खेल रियादस्थित किङ फाहद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved