विमान दुर्घटना : खोजीकार्य मंगलबारसम्मका लागि स्थगित, ६९ जनाको शव अस्पतालमा

सोमबार साँझसम्म फेला परेको ६९ शवलाई गण्डकी अस्पतालमा राखिएको छ भने बाँकी ३ जनाको खोजीकार्य जारी रहेको छ ।

नेपालभ्युज

विमान दुर्घटना : खोजीकार्य मंगलबारसम्मका लागि स्थगित, ६९ जनाको शव अस्पतालमा

काठमाडौं । पोखरा विमान दुर्घटनाको खोजी तथा उद्धारको काम मंगलबार बिहान सम्मका लागि स्थगित भएको छ । आइतबार पोखरामा भएको विमान  दुर्घटनामा परेकाहरूको खोजीकार्य मंगलबार पुनः सुरु हुने भएको छ ।

सोमबार साँझसम्म फेला परेको ६९ शवलाई गण्डकी अस्पतालमा राखिएको छ भने बाँकी ३ जनाको खोजीकार्य जारी रहेको छ ।

अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज  पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा  दुर्घटनामा परेको हो । जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved