भारतमा नेपाली युवकको हत्या

नेपालभ्युज

धनगढी। भारतमा एक जना नेपाली युवकको हत्या भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका-६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर विकको भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा हत्या भएको हो। पुस २६ गते कमलको बीभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका छन्।

छोराको हत्या भएको भन्दै मृतककी आमा पार्वतीले आलिबागमा बस्ने सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीको नाममा किटानी जाहेरीसमेत दिएकी छन्।उनले माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दिएकी हुन्।

हत्याको आरोप लागेका टोपु विक र मनोज विक मृतकका भाइसमेत हुन्। उनीहरू त्यहाँ एउटै होटलमा काम गर्थे।

छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत गएर किटानी जाहेरी दिएको मृतककी आमाले बताइन्।

भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved