सरुवा भएका प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन : ‘पीडितको पक्षमा खम्बा भएर उभिनुहोस्’

नेपालभ्युज

सरुवा भएका प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन : ‘पीडितको पक्षमा खम्बा भएर उभिनुहोस्’

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् ।

पुस २८ गते भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डीआईजीहरूलाई सोमबार गृह मन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताए ।

विगतमा सरुवालाई सजायको रूपमा लिने गरिको भएता पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved