भारतका प्रधानमन्त्रीको शोक सन्देशः शोकसन्तप्त परिवारसँगै छु

नेपालभ्युज

भारतका प्रधानमन्त्रीको शोक सन्देशः शोकसन्तप्त परिवारसँगै छु

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा विमान दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘नेपालमा भएको विमान दुर्घटनामा अमूल्य ज्यान गुमेकोप्रति म दुःखी छु । भारतीय नागरिक पनि दुर्घटनामा परेका छन् ।’

पोखरामा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६९ पुगेको छ । तीन जनाको खोजी भइरहेको छ । यीमध्ये ५ यात्रु भारतीय रहेका छन् ।

विमानमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved