उपराष्ट्रपति पुनको विश्वास- आयोगले प्रभावकारी काम गर्नेछ

नेपालभ्युज

उपराष्ट्रपति पुनको विश्वास- आयोगले प्रभावकारी काम गर्नेछ

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

दुर्घटनाको कारण बारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभावकारी काम गर्ने उनको विश्वास छ ।

उपराष्ट्रपति पुनले आयोगले दिने प्रतिवेदनलाई तदारुकता साथ कार्यान्वयन गरेर सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन्।

उपराष्ट्रपति पुनले आइतबार एक शोक वक्तव्य जारी गरी यती एयरलाइन्सको विमान दुर्घटना र उक्त दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको जनाएका छन् । उनले भनेका छन्, ‘नेपालको आन्तरिक उडानकै सबैभन्दा ठूलो मानवीय क्षति हुने गरी भएको पोखरा विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु, दुर्घटनामा परी ज्यान गुमाउनुभएका चालक दलका सदस्य एवं यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

पोखरा हवाई दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति पुर्‍याएको उनको भनाइ छ । गत जेठमा मात्रै गण्डकी प्रदेशकै मुस्ताङमा विमान दुर्घटना भएको थियो ।

नेपालमा पटकपटक हुने यस्ता दुर्घटनाले हाम्रो हवाई यात्रा सुरक्षामाथि प्रश्न उब्जाएको र यस्ता दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved