सन्दीपलाई किशोरी र उनको परिवार भेट्न रोक, प्रशासनको निगरानी रहने

नेपालभ्युज

सन्दीपलाई किशोरी र उनको परिवार भेट्न रोक, प्रशासनको निगरानी रहने
फाइल फोटो

काठमाडौं । उच्च अदालतले नेपाली क्रिकेट राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई निरन्तर प्रशासनको निगरानी राख्न भनेको छ ।

साथै, उनले कुनै पनि माध्यमबाट जाहेरीकर्ता वा उनका परिवारका सदस्यलाई सम्पर्क गर्न वा भेट्न पाउनेछैनन् ।

उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासको आदेशमा भनिएको छ, ‘आफू वा आफूसंवद्ध संस्था वा व्यक्तिहरुबाट जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारको कुनै सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाव दिने, प्रभाव वा दुरुत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।’

उनले पीडित र उनी सम्बद्ध विषय र मुद्दाकाबारे कुनै अभिव्यक्ति दिन पाउनेछैनन् । आदेशमा मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा टीका टिप्पणी गर्न सन्दीपलाई रोक लगाइएको छ ।

लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । उनलाई मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध नै लगाइएको छ । उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई प्रहरीले निगरानी गरिरहने पनि भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved