गृहमन्त्री रविले लिएनन् भीआईपी सुविधा, एयरपोर्टमा सर्वसाधारणसँगै बसमा

‘‘अब तपाईंले अरूलाई पनि सिकाउनुपर्छ। हामीले जनताले आस गरेका छौँ। हामी मन्दिर गयौँ भने राष्ट्रपतिले पहिला पालो पाउनुहुन्छ। घन्टौँ कुर्नुपर्छ। हामीले राजादेखि राष्ट्रपतिसम्म भोगिसक्यौँ’’ आफूसँगै गाडीमा चढेका लामिछानेलाई एक महिलाले भनिन्।

नेपालभ्युज

गृहमन्त्री रविले लिएनन् भीआईपी सुविधा, एयरपोर्टमा सर्वसाधारणसँगै बसमा

काठमाडौं। ‘‘अब अरू नेतालाई पनि हजुरले सिकाउनुपर्‍यो। बाटो बन्द गर्नु हुँदैन। जनतासँगै हिँड्नुपर्छ भनेर’’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई यात्रुहरूले गरेको आग्रह हो यो।

गृहमन्त्री लामिछाने बिहीबार बिहान चितवन जाँदै थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट रनवेसम्म जानको लागि भीआईपी सुविधा भए पनि उनले त्यो सेवा लिएनन्। अरू यात्रुसरह टिकट बनाए। प्रतीक्षा कक्षमा यात्रुसँगै विमान पर्खिएर बसे। अन्तमा रनवेमा जानको लागि यात्रुसँगै विमान कम्पनीको गाडीमा चढे।

सामान्यता मन्त्रीहरूले भीआईपी सेवा प्रयोग गर्छन्। उनीहरू यात्रुसँगै प्रतीक्षा गर्दैछन्। उनीको लागि छुट्टै कक्ष हुन्छ, त्यो पनि तातो चिसो र खाजासहित । विमान चढ्न रनवे जान पनि भीआईपीले विमानस्थलको भीआईपी सेवा लिन्छन्।

सडकमा सर्वसाधारण लामो जाममा फसिरहँदा साइरन बजाएर भीआईपी भीभीआईपी लेन मिचेर कुद्छन्। मन्त्रीको गाडीसमेत इमरजेन्सी लाइट बालेर सर्वसाधारणलाई पेलेर अघि बढ्छ। आवश्यकता नै नभए पनि रवाफ देखाउनकै लागि स्कर्टिङ र साइरनसहितको प्रहरी गाडी भीआईपीले प्रयोग गर्दै आएका हुन्छन्। मन्दिरमा भोकभोकै घण्टौँ लाइन बसेका सर्वसाधारणको लाइन मिच्दै भीभीआईपीले पहिला पालो पाउँछन्।

भीआईपीको यस्ता ज्यादती सहँदै आएका आमसर्वसाधारणले गृहमन्त्री लामिछानेको सर्वसाधारणसँगको यात्रालाई सकारात्मक प्रतिक्रिया दिएका छन्।

‘‘अब तपाईंले देश बनाउनुपर्छ। हामीले जनताले आस गरेका छौँ। हामी मन्दिर गयौँ भने राष्ट्रपतिले पहिला पालो पाउनुहुन्छ। घन्टौं कुर्नुपर्छ। हामीले राजादेखि राष्ट्रपतिसम्म भोगिसक्यौँ’’ आफूसँगै गाडीमा चढेका लामिछानेलाई एक महिलाले भनिन्।

सुविधा आफूले नभई जनतालाई दिने भन्दै रविले जवाफ फर्काए ‘‘हामीसँगै हिँड्ने अब। कहिलेकाहीँ भ्याइन भनेचाहिँ छिटो गर्छु। नत्र सँगै हिँड्छु नि।’’

ती महिलाले अब नेतालाई पनि जनतासँगै हिँड्न सिकाउन आग्रह गरिन्। उनले भनिन् ‘‘अब अरू नेतालाई नि हजुरले सिकाउनुपर्याे। बाटो बन्द गर्नु हुँदैन। जनतासँगै हिँड्नुपर्छ भनेर। हामी खुसी छौँ। हजुरले यसरी नै सिकाउनुभयो भने अरू नेताहरूले पनि जान्दथे। कि ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved