सुर्खेत। कर्णाली प्रदेश सरकारमा आलोपालो नेतृत्व गर्न नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ ।
केन्द्रमा शीर्ष नेताबीच पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भए पनि कर्णालीमा त्यो उल्टिएको हो । साढे दुई वर्षका दरले मुख्यमन्त्री आलोपालो बन्ने सहमति भएको हो ।
प्रदेश सदस्य टेकराज पछाईंले सुरुमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा र त्यसपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्ने गरी सहमति भएको बताए ।
शर्माले प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।
कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका १/१ तथा १ जना स्वतन्त्र गरी ४० सांसद रहेका छन् ।
Facebook Comment
Comment