गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका क्रममा मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न आफू कटिबद्ध रहेको बताएका छन्।
पृथ्वी जयन्तीका अवसरमा गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गर्दै आफ्ना मतदातालाई धोका नदिने बताएका हुन् ।
उनले संसदमा सबै दलबाट विश्वासको मत पाउँदा गोरखावासीलाई सम्झेको पनि बताए। ‘सबै दलबाट प्रधानमन्त्रीमा विश्वासको मत पाउँदा तपाईंहरूलाई सम्झेँ। हामी तपाईंहरूको अगाडि गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर अगाडि बढ्नेछौं,’सम्बोधनका क्रममा उनले भने।
पृथ्वी जयन्तीका अवसरमा उद्योग वाणिज्य संघले आयोजना गरेको गोरखा महोत्सव उद्घाटन गर्न प्रचण्ड आएका हुन्। उनले आजै बिहान गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीसँग भेट गरी गोरखा विकासका बारेमा छलफलसमेत गरेका थिए ।
Facebook Comment
Comment