शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार टन्न’ लक्की-ड्र सम्पन्न

नेपालभ्युज

शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार टन्न’ लक्की-ड्र सम्पन्न

काठमाडाै‌ं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम्सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना) विजेताहरुको नामलक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ।

शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि ‘शिवम्सँग उपहार टन्नु’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्रयाच कुपनप्राप्तगरि २०० देखि ५०० सम्म नगद वा १५ ग्रामचाँदीको सिक्का वा २.५०ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो । सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहक महानुभावहको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्शनका दुई भाग्यशाली जोडिले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन । दोस्रो पुरस्कार अन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार जितेका छन । तेस्रो पुरस्कार अन्र्तगत ६ जना वालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदीउपहार प्राप्त गरेका छन् । चौथो वापत पुरस्कार ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन ।

छोटो समयमाउत्साहजनक रुपमा सहभागिताजनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्ट्स परिवार सम्पूर्ण उपभोक्ता, ग्राहकवर्ग र वितरकहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्र्तगत पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्रमार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

यो उपहार योजना २०७९ मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क्रयाच  कुपनमार्फत हातखाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइलनम्बर ९८०१११४६५८ मा सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्तगर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्नमौकामिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदानगर्ने विश्वास कम्पनीले लिइएको छ ।

शिवम् सिमेन्ट एक मात्र ओ.पि.सिसिमेन्ट उत्पादन गर्ने नेपालकै ग्राहकहरु द्वारा रुचाईएको सिमेन्ट उद्योग हो । ओ.पि.सि सिमेन्ट मात्र उत्पादनगर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रिवितरण गर्दै आइरहेको छ ।

उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपालीसिमेन्ट जगतमै पहिलो पटक नेपालनापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ ९ल्क् त्तगबष्तिथ ब्धबचम(द्दण्ज्ञढ० प्रथमबाट पुरस्कृत भएको थियो ।

शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिकतथा राष्ट्रिय गौरवकाविभिन्न ठुला–ठुलाआयोजनाहरुका अनेकौं संरचनानिर्माणमा समेतशिवम् सिमेन्टले विगतलामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

नेपालकै एक मात्र असली ओ.पि.सि. सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकले दिएको साथ अनि उनिहरूले गरेको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्रीहुने ओ.पि.सि. सिमेन्टको सुचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved